Sur Cinema

बोल्ड अवतारमा आँचल

काठमाडौं : नेपाली सिनेमा क्षेत्रमा नायिका आँचल शर्माको छुट्टै छवि छ। सिनेमा ‘नाईं नभन्नू ल ४’बाट सिनेमा उद्योगमा डेव्यू गरेकी आँचल पछिल्लो समयकि डिमान्डेड नायिका हुन्। थोरै सिनेमामा काम गरेपनि दर्शकमाझ निकै रुचाइने नायिकामा उनी पछिन्।

उनले काम गरेको पछिल्लो सिनेमा ‘झिंगे दाउ’ दर्शकले अति नै रुचाएका थिए। उसो त, सिनेमाले बक्स अफिसमा राम्रो व्यापार समेत गर्न सफल भएको थियो। यो सिनेमापछि उनले काम गरेको सिनेमा ‘डिग्री माइला’ रिलिजको तयारीमा छ भने ‘पन्चामृत’ अझै कहिले सुटिङ्गमा जाने भन्ने टुङ्गो लागेको छैन् ।

यतिबेला आँचल भने फुर्सदमै छिन्। म्युजिक भिडियो र सिनेमा भन्दा आँचलले पछिल्लो समय विभिन्न ब्रान्डको बिज्ञापनमा काम गरिरहेकी छिन्। इन्स्टाग्राममा राम्रो फ्लोअर्स भएकी आँचललाई ब्राण्डले राम्रो विश्वास गरेका छन्।

त्यसो त, आँचल पछिल्लो समय घुमघाममा समेत व्यस्त छिन्। घुम्न गएका विभिन्न तस्वीर समेत उनले सार्वजनिक गरिरहेकि हुन्छिन् । यसैबीच, उनले आफ्नो फेसबुकबाट मंगलबार २ तस्वीर सार्वजनिक गरिन्। जहाँ उनी बोल्ड अवतारमा देखिएकी छिन्। उनका फ्यानहरुले पनि ‘बोल्ड आँचल’ भन्दै कमेन्ट गरिरहेका छन्। तर आँचलले उक्त तस्वीरहरु कहाँ र कुन प्रयोजनको लागि खिचाएकी हुन् ? भन्ने कुरा उल्लेख गरेकी छैनन् ।