Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘कंगारू’ बन्ने, दीपक मनाङ्गेले निर्माण गर्दै

काठमाडौं : निर्देशक सम्राट बस्नेतको निर्देशनमा नयाँ सिनेमा निर्माण हुनेभएको छ। फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसको ब्यानरमा सिनेमा ‘कंगारू’ निर्माण हुनेभएको हो।

यो सिनेमालाई राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले निर्माण गर्दैछन्। फागुनदेखि छायांकनमा जाने सिनेमा सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने बताइएको छ।

सिनेमामा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ। सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा सिनेमामा रहनेछ। कलाकारहरुको बारेमा भने निर्माण टिमले पछि जानकारी दिने जनाएको छ।