Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ रिलिज

काठमाडौं :  उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को प्रदर्शन मिति नजिकिँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले यतिबेला सिनेमाको नयाँ गीत रिलिज गरेको छ। सोमबार ‘काग भन्दा कोइली चलाख’ बोलको गीत रिलिज गरिएको हो।

मेलिना राई र प्रताप दासको स्वर गीतमा रहेको छ। डिपी खनालको शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका हुन्। डान्सिङ प्याटर्नमा गीत आधारित छ।

यता गीतको भिडियोमा सिनेमाका अधिकांश कलाकारलाई नचाइएको छ। गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना लगायतका कलाकारहरु भिडियोमा फिचर्ड छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

सिनेमा आगामी मंसीर २९ गतेबाट प्रदर्शनमा आउँदैछ। सिनेमामा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।

सिनेमा अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको हो। दयाराम घिमिरेले सिनेमाको कथा तथा पतकथा तयार पारेका हुन् । तारा देवी लिम्बुको सिनेमामा लगानी रहेको छ ।