Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने

काठमाडौं : अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान ‘नुर’को निर्देशनमा नयाँ सिनेमा निर्माण हुनेभएको छ। शिवम अधिकारीको लेखनमा ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुनेभएको हो।

सिनेमामा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गरिने निर्माण टिमले जनाएको छ। सिनेमामा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त लगायतका कलाकारहरुको अभिनय रहनेछ।

सिनेमा यहीँ मंसिर ६ गतेदेखि फ्लोरमा जानेछ। पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगायतका स्थानहरूमा सिनेमाको छायांकन गरिने बताइएको छ। सौरभ लामाले सिनेमालाई खिच्दैछन् ।