Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दुई कदम’ प्रमोसनमा इओन

काठमाडौं : डेब्यु नायक इओन लिम्बु आफ्नो पहिलो सिनेमाको प्रचारमा ब्यस्त देखिएका छन् । आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमबाट उनी डेव्यु गर्दैछन् र यसैको प्रचार उनको दिन बितिरहेको छ ।

ताप्लेजुङका इओन हङकङमा जन्मिए र काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आएका उनी अहिले उनले सिनेमा पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।

इओन सिनेमालाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेको बताउछन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, सिनेमाको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ । साथै उनले नृत्य लगायत सिनेमाको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् । सिनेमाको पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको उनले सुनाए ।

पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले आफुलाई निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भयो उनी भन्छन् ।
सिनेमामा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु सिनेमा भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु परेन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ उनलाई ।

इओन आफूले अभिनय गरेको पहिलो सिनेमा सोचेको भन्दा राम्रो बनेको बताउँछन् । सिनेमा क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनी पहिलो सिनेमामा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् । धेरै मान्छे रहरले सिनेमा क्षेत्रमा आउने र १,२ वटा सिनेमा गरेर हराउने भएपनि आफू बाल्यकालमा देखेको सपना पुरा गर्न आएकाले पहिलो सिनेमा जे जस्तो भएपनि यही क्षेत्रमा करियर बनाउने सोच उनको छ ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । एक गीतको छायांकन मुस्ताङमा गरिएको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।