Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पुरानो नहुने ‘स्वर्ग’ सिनेमाको यो गीत

काठमाडौं : बनाउन सके गीत अमर बन्छन् । त्यस्ता गीतलाई कालझै गीत पनि भनिन्छ । कालान्तर सम्म पुराना नलाग्ने यी गीतहरुको छुट्टै महतब हुन्छ । हरेक तिहारमा एउटा यस्तो गीत बज्छ जुन कहिले पुरानो हुने छैन् ।

‘स्वर्ग’ सिनेमाको यो गीत हरेक तिहारमा बज्छ र तिहारको ताजगी फर्काउछ । “भैलेनी आए आगन” बोलको यो गीत कैले पुराना नहुने गीत कै लिष्टमा पर्छ । लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको यो गीतमा याधव खरेलको शब्द रचना रहेको छ । गीतमा गौरी मल्ल, स्व. शुभद्रा अधिकारी लगायतलाई देख्न सकिन्छ । आईएमडिबीका अनुसार यो सिनेमा सन १९९४ मा रिलिज भएको हो । शम्भु प्रधान निर्देशित सिनेमाको यो गीत बिना तिहार खल्लो लाग्छ ।