Sur Cinema

‘चित्रा’को गीतमा सन्तोष र शुभेच्छाको ‘नजरैको हानाहान’

काठमाडौं : घनश्याम लामिछाने निर्देशिन सिनेमा ‘चित्रा’को गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले मंगलबार ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको गीतमा मिलन नेवार र राजनराज शिवाकोटीको स्वर छ। गीतको शब्द अनि संगीत चाहिँ राजनराजकै हो। उसो त, यो गीत पहिल्यै सार्वजनिक भइसकेको गीत हो। ‘चित्रा’को टिमले पहिल्यै सार्वजनिक भइसकेको गीत किन सिनेमामा राख्यो त्यो त निर्माण टिमलाई नै थाहा होला। तर पहिल्यै बजारमा आइसकेको गीत राख्नुभन्दा नयाँ गीत राखेको भए उत्तम हुन्थ्यो कि ?

भिडियोमा चाहिँ यो सिनेमाका नायक सन्तोष अधिकारी र नायिका शुभेच्छा खड्का फिचर्ड छन्। यि दुईको ठुम्का भिडियोमा देख्न सकिन्छ। दुईको जोडी पनि जमेको छ। भिडियोलाई भने प्रविन सिंहले कोरियोग्राफी गरेका हुन्।

सिनेमा आगामी पौष २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। अजय अधिकारीको कथा सिनेमामा रहेको छ। त्यस्तै, पटकथा भने मनिष गौतमले लेखेका छन्। कार्यकारी निर्मातामा सन्तोष अधिकारी नै छन्।

सन्तोष र शुभेच्छाका अलावा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारहरुको सिनेमाम अभिनय रहेको छ।