Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ब्ल्याक छाँया’ सिनेमाको गीत ‘पचासको नोट’: सलोन र रुबिनाको ठुम्का

काठमाडौं : नयाँ सिनेमा ‘ब्ल्याक छाँया’को पहिलो गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘पचासको नोट’ बोलको गीत रिलिज गरेको हो। गीतमा मीना निरौला र युवराज कँडेलको स्वर छ।डान्सिङ प्याटर्नमा रहेको गीतमा राजेन्द्र बजगाईको शब्द अनि संगीत रहेको छ।

भिडियोमा चाहिँ अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापाको ठुम्का देख्न सकिन्छ। उसो त, अरु पुराना कलाकारहरुलाई पनि भिडियोमा प्रस्तुत गरिएको छ। धिरेन शाक्य, राजेन्द्र खड्गी, जान्वी बस्नेत, बुद्धि तामाङ लगायतका कलाकारहरुले पनि भिडियोमा कम्मर मर्काएका छन्।

सबै कलाकारलाई भिडियोमा देखाउन खोज्दा भिडियो अलि कमजोर बनेको होकि भन्ने आभाष हुन्छ। भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन्।

सिनेमामा आरएन लामा मोक्तानको कथा, पटकथा एवम् निर्देशन रहेको छ। नीर शाह, सलोन बस्नेत, रुबिना थापा, बुद्धि तामाङ, धिरेन शाक्य, राजेन्द्र खड्गी, जान्वी बस्नेत लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।