Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दिमाग खराब’कि स्वस्तिमा: इन्द्रेणीमा गएर गाइन् दोहोरी

काठमाडौं : यतिबेला सिनेमा ‘दिमाग खराब’का कलाकारहरु प्रचारप्रसारमा निकै व्यस्त छन्। कलाकारहरु विभिन्न टेलिभिजन शो’हरुमा गएर सिनेमाको बारेमा प्रचार गरिरहेका छन्। यसैबीच, यसै सिनेमाकि नायिका स्वस्तिमा खड्का लोकप्रिय दोहोरी कार्यक्रमा इन्द्रेणीमा पुगिन्।

इन्द्रेणीमा पुगेर उनले ‘दिमाग खराब’को बारेमा त प्रचारप्रसार गरिन् नै, उनले दोहोरी पनि गाइन्। जुन दोहोरी यतिबेला इन्द्रेणीको युट्युव च्यानलमा रिलिज भएको छ। मंगलबार रिलिज भएको दोहोरीमा उनले छत्र शाहीसँग दोहोरी गाएकी छिन्।

बहुचर्चित लोक दोहोरी गीत ‘पानको पात’मा स्वस्तिमा र छत्रले दोहोरी गाएका हुन्। यतिबेला स्वस्तिमाले गाएको दोहोरी सामाजिक संजालमा भाइरल हुन थालेको छ। धेरैले उनले गाएको दोहोरीलाई रुचाएका छन्। अभिनय मात्र होइन, गीत गाउन पनि सक्ने खुबी रहेछ भनेर स्वस्तिमालाई तारिफ आउन थालेको छ।

खैर जे होस्, इन्द्रेणीमा यस् अघि पनि धेरै सिनेमाका कलाकारहरु गएर गीत गाइसकेका छन्। अनि सिनेमाको प्रचार पनि गरिसकेका छन्। यो खासै नौलो कुरा भने होइन।

‘दिमाग खराब’ आगामी शुक्रबारदेखि नेपालभर रिलिज हुँदैछ। आकाश बरालको कथा रहेको सिनेमालाई निश्चल बस्नेतले निर्देशन गरेका हुन्। स्वस्तिमाका अलावा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। सुजन बम ठकुरी सिनेमाका निर्माता हुन्।