Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रकाश सपूतको ‘सकम्बरी’ले युट्युबबाट गर्‍यो २२ लाख कमाई

काठमाडौं : करिब ६ महिना अघि गायक प्रकाश सपूतले ‘सकम्बरी’ गीत रिलिज गरेका थिए। उक्त गीत छोटो समयमै निकै चर्चित बन्यो। चर्चासँगै गीतले आलोचनासमेत ब्यापाक खेप्यो।

जे जस्तो भएपनि गीत जनजिब्रोमा झुन्डियो र छोटो समयमै युट्युबको करोड क्लबमा प्रवेश समेत गर्‍यो। गीतमा प्रकाशकै शब्द, संगीत अनि स्वर रहेको छ। गायनमा प्रभा बर्तौलाले प्रकाशलाई गायनमा साथ दिएकी छिन्।

भिडियोको कुरा गर्नुपर्दा कुशुम शर्मा र प्रकाश स्वयं फिचर्ड छन्। प्रकाशकै कथा अनि निर्देशन भिडियोमा छ। एउटा कलाकार बन्न शहर आएकी गाउँकी फुलमाया कसरी सकम्बरी बन्न बाध्य हुन्छे भन्ने कथालाई प्रकाशले भिडियोमा अटाएका छन्।

रिलिज भएको दिनदेखि नै चर्चा पाउन थालेको गीतलाई अहिलेसम्म पनि दर्शकले उत्तिकै रुचाएका छन्। त्यसैले पनि गीतले रिलिज भएको ६ महिनाको अवधिमा ५ करोड २६ लाख बढी भ्युज युट्युबमा प्राप्त गर्न सफल भएको छ।

अब यति धेरै भ्युज युट्युबमा जाँदा गीतले कति आम्दानी गर्‍यो होला त ? भनेर धेरै स्रोता दर्शकलाई लाग्न सक्छ। पक्कै पनि यही प्रश्नको उत्तर प्रकाश स्वयंले दिएका छन्। एक पडकास्ट कार्यक्रममा बोल्नेक्रममा उनले ‘सकम्बरी’ गीतले हालसम्म २२ लाख बढी रुपैयाँ आम्दानी युट्युबबाट आम्दानी गरेको बताएका छन्।

प्रकाशले कार्यक्रममै आफ्नो मोबाइलमा युट्युबको ड्यासबोर्ड हेरेर ‘सकम्बरी’ गीतले २२ लाख बढी कमाएको बताएका छन्। प्रकाशको नजरमा यो आम्दानी निकै कम हो। त्यत्रो ५ करोड बढी भ्युज जाँदा जम्मा २२ लाख कमाई निकै कम रहेको उनको भनाइ छ।

‘सकम्बरी’ गीतको भिडियो निर्माण गर्दा नै १६ लाख खर्च भएको प्रकाशले बताएका छन्। लगानी अनुसार २२ लाख थोरै भएको उनको बुझाई छ। जे होस्, प्रकाशले ‘सकम्बरी’बाट लगानी उठाएर पनि ६ महिनाको अवधिमा ६ लाख नाफा कमाउन सफल भएका छन्।

उसो त, प्रकाश नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक कमाई गर्ने गायकको लिस्टमा पर्ने गर्छन्। उनका पछिल्ला हरेक गीतहरूले दर्शकको मन जित्नुका साथै राम्रो कमाई समेत गर्न सफल भएका छन्। जुन निकै राम्रो पाटो हो।