Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यो कस्तो मस्ति हो राजेश जी ?

काठमाडौं । अभिनेता राजेश हमाल आजकाल  सामाजिक सन्जालमा खुब रमाउँछन्। केही न केही पोस्ट गरिहाल्छन् उनले । यही क्रममा केही थान तस्विर राख्दै फेसबुकमा ‘मधु मस्ति’ लेखिदिए ।

अब लेखाई र तस्विर दुबै सरसर्ती हेर्द केही नलाग्ला। तर गहिरिएर तस्विर हेर्दा ‘यो कस्तो मस्ति ?’ भनेर प्रश्न गर्न मन लाग्छ । मधु राजेशकी श्रीमती हुन् । र उनले त्यही आफ्नी श्रीमतीसंगै मस्त रहेको भनेर एउटा तस्विर साझा गरेका हुन्  क्यारे ।

तर मधुको पहिरन अल्लि भिन्नै देखिएको छ । क्लिभेज देखिने माथिको पहिरन त ठिकै हो । तर गोप्य अंग पनि स्पस्ट जस्तै देखिने पहिरनलाई भने पचाउन अलि असहज नै भएको छ । अझ उनको पोस्ट गर्ने समय र देश शोकमा भएको समय पनि जुधेको छ । यसको असर उनको कमेन्टमा देख्न सकिन्छ ।

आधा भन्दा बढीले देश शोकमा भएको बेला मस्ति भन्दै पोस्ट गर्नु सही नभएको उल्लेख गरेका छन्। आफै जुटेर उद्धारमा खटिनु पर्ने जस्ता कुरा पनि कमेन्टमा छन्। जे होस यस पटकको राजेशको मस्तिलाई दर्शकले खासै मन पराएको देखिएन ।