काठमाडौं : बाध्यताले देश छोडेर परदेश पस्नु परेका जस्ता पिडा समेटिएका थुप्रै भिडियोहरु बजारमा छन्। यसैबीच यस्तै कथा समेटिएको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ।
केही हप्ता अघि रिलिज भएको ‘सारङ्गीको धुन’ बोलको गीतमा परदेशीनुको पीडा झल्काइएको छ। गीतमा अशोक अर्यालको स्वर रहेको छ। अशोक अर्यालकै संगीत रहेको गीतमा अशोक र डाक्टर विष्णुमुर्ती भट्टराईको शब्द रहेको छ।
गीतको शब्द अनि मेलोडी मनछुने छ। अरेन्ज पनि त्यतिकै उत्कृष्ट छ। तर गायिकी अलि कमजोर होकि भन्ने महशुस गीतको अडियो सुन्दा हुने गर्छ। गायिकी पनि अझै बलियो भएको भए अडियो अब्बल सुनिने थियो।
यता भिडियोको कुरा गर्दा कलाकार देवेन्द्र बब्लु र रोश्नी कार्की फिचर्ड छन्। भिडियोमा झन् विदेशीनुको पीडा झल्काइएको छ। देवेन्द्र र रोश्नीको कारुणिक अभिनय भिडियोमा देख्न सकिन्छ।
भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले खिचेको उक्त भिडियोलाई नवीन घर्तीले सम्पादन गरेका हुन्। गायक अर्यालका यसअघि पनि दर्जनौं गीत बजारमा आइसकेका छन्। अमेरिका जस्तो व्यस्त देशमा रहेर पनि उनले गीत संगीतलाई निरन्तर दिइरहेका छन्। भिडियो..