Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नेपाल यस्तै ठिक छ : स्वस्तिमा खड्का

काठमाडौं : नायिका स्वस्तिमा खड्काले नेपाल जस्तो छ त्यस्तै ठिक रहेको बताएकी छिन् । सिस्टम नियम र काम गर्ने तरिकामा बदलाव चाहिए पनि मानिस बदलिन नपर्ने उनले बताएकी हुन् ।

सन्सारमा प्रकृतिको कुरा गर्दा नेपाल भन्दा धेरै सुन्दर ठाउँ पनि हुन सक्ने बताउदै नेपालका जस्ता मानिस कहि नभेटिने उनको तर्क छ । नेपालीको सालिनता र अपनत्व अन्य कही नपाइने उनले बताएकी छिन् ।

उनले नेपाल घुमेर फर्किएका धेरै बिदेशीले समेत नेपालमा सबै भन्दा धेरै नेपाली मानिस नै मन पराउने बताउने गरेको पनि सम्झिइन । समग्रमा उनलाई नेपालीको आफ्नोपन एकतापन मन पर्ने रहेछ । त्यसैले उनी अन्य देशमा गएर लामो समय टिक्नै नसक्ने पनि खुलाईन ।