Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

महाजात्रा’को शुभमुहुर्त सँगै छायांकन सुरु

काठमाडौं : प्रदीप भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त र छायांकन सुरु गरिएको छ । निमार्ण कम्पनी षट्कोण आर्ट्सले ‘महाजात्रा’को छायांकन बुढानीलकण्ठमा निर्माण गरिएको सेटबाट सुरु भएको जानकारी दिएको हो ।

विश्व शान्तिको कामना गर्दै बौद्ध गुरुले अग्नि हवन पूजा गरेपछि मुहूर्त समारोह गरियो । ४० दिनको छायांकन सेड्युल तय गरिएको सिनेमालाई काठमाडौं र जनकपुरमा खिचिने छ ।

लेखक समेत रहेका प्रदीप भट्टराईले सिनेमाको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए । ‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । अभिनेता हरिवंश आचार्य र विपिन कार्कीले उत्साह व्यक्त गरे । हरिवंश क्यारेक्टर लुक्स मै पत्नीसहित उपस्थित थिए । सिनेमामा हरिवंश र विपिनका अलवा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ । सिनेमाको स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित छन् ।

आगामी चैत ९ गते प्रदर्शन तयारीमा रहेको सिनेमाको निर्मातामा म्याक्स दीपेश खत्री छन् । निर्माता खत्रीले दर्शकलाई मनोरञ्जन दिने कुरामा आफूहरुले मेहनत गर्ने बताए । सिनेमाको एसोसियट निर्देशकमा जित बहादुर रुवाली, छायांकनमा पुरुषोत्तम प्रधान, द्धन्द्व निर्देशनमा कुमार महर्जन, नृत्य निर्देशनमा कविराज गहतराज, संगीतमा आशिष अविरल, मेकअपमा शमशेर लामा र प्रोडक्सन डिजाइनरमा रुपक प्रताप अधिकारी रहेको छ ।