Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

“परदेशी २” को ‘नभुल्नु ए साथी’ गीत सार्वजनिक

काठमाडौं : बिदेश जान लाग्दा आफ्नाको मनमा के बित्छ? पक्कै कोही खुसी हुदैन । तर सुन्दर भविष्यका लागि खुसी देखाउनै पर्छ । हो यस्तै साथी बिदेशीदै गर्दाको अवस्थालाई समेटेर सिनेमा “परदेशी दुई” मा एक गीत समेटिएको छ । सिनेमाको सफलता चुलिफै गर्दा उक्त गीत युट्युवमा रिलिज गरिएको छ । “नभुल्नु ए साथी” बोलको गीतले धेरै साथीको वास्तविकता बोल्छ ।

मनोज खड्का प्रविन भेटवाल, शान्ति श्री परियार र दीपा स्वागको स्वर रहेको यो गीतमा नारायण रायमाझीले संगीत भरेका छन् भने शब्द समेत नारायण र लाल गोपाल सुबेदीको रहेको छ । गीतमा केकी अधिकारी, प्रकाश सपुत, देवेन्द्र बब्लु लगायत फिचर्ड छन् ।नारायण रायमाझी निर्देशित यो सिनेमा तीन हप्ता यता लगातार सफलताको साथ सिनेमाहलमा लागिरहेको छ ।