Sur Cinema

सर्ट फिल्म ‘परिस्थिति’ रिलिज

काठमाडौं : सामाजिक कथा वस्तुमा आधारित सर्ट फिल्म ‘परिस्थिति’ युट्युबमा रिलिज भएको छ। शुक्रबार ‘जुक्सन’ नामक युट्युब च्यानलबाट उक्त सर्ट फिल्म रिलिज गरिएको हो।

गरिबीले निम्त्याएको अभावको परिस्थितिलाई सर्ट फिल्ममा देखाइएको छ। कथा राम्रो छ तर पटकथा निकै फितलो लाग्छ। त्यस्तै, कलाकारहरुको अभिनय पनि कमजोर आभाष हुन्छ। जे होस् नयाँ कलाकारहरु भएपनि प्रयास राम्रै छ।

भिमसेन अधिकारीले उक्त सर्ट फिल्मको लेखन र निर्देशन गरेका हुन्। नेत्र गुरुङ र अनिल अधिकारीको छायांकन रहेको सर्ट फिल्मलाई बालकृष्ण खनालले सम्पादन गरेका हुन्।

कोपिला भारती, दिवस मगर, सन्तोष लामा, अन्जना थापा लगायतका कलाकारहरुको अभिनय ‘परिस्थिति’मा रहेको छ।