Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दशैँ गीत ‘लिंगे पिङ खरको’ सार्वजनिक

काठमाडौं : यसपालिको दशैँ गीत “लिंगे पिङ खरको” सार्वजनिक भएको छ । प्रेम शर्मा पौडेलको निर्देशन तथा सम्पादन रहेको दशैँ गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा प्रेम शर्मा पौडेल र दिव्या बयलकोटीको मुख्य अभिनय रहेको छ । ज्ञानकुमार कटेलको छायाँकन रहेको गीतको भिडियोमा विष्णु कार्कीको मेकअप छ । केबी भण्डारी र दिव्या बयलकोटीको स्वर रहेको गीतमा शब्द, लय भण्डारीकै छ ।

काभ्रेस्थलीको राम किशोर सुटिङ स्टुडियोमा छायाँकन भएको यस भिडियोमा कलाकार राम गौतम, किशोर पाण्डे, विजेन्द्र नौबागे, मोहन कार्की, कृष्ण खड्का, खेम नेपाली, आरिया शाही ठकुरीले साथ दिनुभएको छ । गीतको भिडियो कोचे नेपाल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।