काठमाडौं : लोकप्रिय गीत ‘पत्थरको मुटु’को सिक्वेल रिलिज भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘पत्थरको मुटु २’ रिलिज गरिएको हो।
पहिलो सिरिजलाई दर्शकले अत्याधिक रुचाएपछि यो गीतका निर्माता विजय पुनले दोस्रो सिरिज दर्शकमाझ ल्याएका हुन्। गीतमा लोकप्रिय गायक प्रताप दासको मनछुने आवाज रहेको छ। शब्द विजयले लेखेका हुन् भने संगीत ऋषि खड्काको रहेको छ। उसो त, पहिलो सिरिजको अडियोमा पनि यही टिम रहेको थियो।
यता भिडियोको कुरा गर्नुपर्दा विछोडको कथा देख्न सकिन्छ। यस गीतका निर्माता तथा गीतकार समेत रहेका पुन स्वयंको अभिनय भिडियोमा रहेको छ। विजयको जोडीको रुपमा मोडल गीता ढुंगाना छिन्।
एउटा प्रेम वियोगको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ। भिडियोमा गीताको धोकामा विजय निकै तड्पिएका छन्। विजयको जीवन्त अभिनयले भिडियोलाई उत्कृष्टता प्रदान गरेको छ। भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
आकर्षक फ्रेममा अजय रेग्मीले भिडियो खिचेका हुन्। भिडियोको सम्पादन भने मिलन विश्वकर्माले गरेका छन्। विजयले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका हुन्।

















