Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पहिलो वाक्य’ गीत : आमाको माया अनि ममता समेटिएको गीत

काठमाडौं : आमालाई सृष्टिकर्ता भनिन्छ । ममताकी खानी मानिन्छ र मायाकी रानी पनि  भनिन्छ । हो, उनै आमा र आमाको माया ममतालाई समेटेर एक गीत सार्वजनिक भएको छ । ‘पहिलो वाक्य’ बोलको गीतमा आमाको महिमा समेटिएको छ ।

सन्तोष कालिकोटेको स्वर, शब्द  अनि संगीत रहेको यस गीतमा आमाको मायालाई दर्शाउन सहयोग गरिएको छ । त्यस्तै आमाको महत्व बुझ्न आफै आमा बन्नुपर्छ भन्ने वास्तविकता पनि देखाईएको छ ।

गीतलाई भिडियो मार्फत न्यायोचित गर्न खोजिएको छ । तर अनावश्यक डाइलगबाजीले गीतलाई पट्यारलाग्दो बनाईदिएको आभाष हुन्छ । डाईलग डेलिभरी कृतिम लाग्छन्। समग्रमा गीत ठिकठाक बनेको छ । तर ‘पहिलो वाक्य’ शिर्षक दिइएको गीतमा आमालाई समेट्न खोजिएकोले वाक्य भने भेटिँदैन।

विशाल घिमिरेले निर्देशन गरेको भिडियोमा हिउँवाला गौतमको अभिनयमा परिपक्वता भेटिन्छ । उनका साथै सुजन बाबू गुरुङ र जेनेलिया श्रेष्ठको अभिनय छ । पवन सुशिलिङले भिडियो खिचेका र सम्पादन गरेका छन् । बाल कलाकार समयोग कालिकोटे र आयाशं राई रहेका छन् । समग्रमा भिडियो मन छुने बनेको छ ।