काठमाडौं : नायिका बर्षा सिवाकोटीको विवाह लगत्तै डिभोर्स भयो । उक्त समय उनी बोलिनन् । नबोलेकै कारण पनि तरह तरहका समाचार बने । अहिले उनी सिनेमा परदेशी दुईको प्रमोसनमा रहेकी छिन् ।
करिव चार बर्षमा पहिलो पटक खुलेर प्रमोसनमा आएको उनले स्विकारेकी छन् । यस्तोमा फिल्मको प्रचार कम र सम्बन्धको चर्चा बढी हुन थालेको छ ।
उनले पनि आफ्नो सम्बन्ध बारे बोल्ने सही मौका यसलाई मानेकी छन् । सोधेको प्रश्नको जवाफ पनि दिन तयार छिन् । यस्तोमा उनी भएका अन्तर्वार्ता “परदेशी २” सिनेमाको प्रचार कम र डिभोर्स चर्चा बढी लाग्छ ।
उनी के, किन, कसरी र कस्तोको जवाफ दिदै बसेकी छिन् ! आशा गरौ यो सिनेमा पछि उनले यो दुखद घटना बारे बोल्न छोड्ने छिन्/ बोल्न लगाईने छैनन् ।

















