Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘आरोहण नाटकघर’मा हप्ताको ६ दिन ‘म पनि मान्छे हुँ’ नाटक प्रदर्शन

कुमार बिनोद पौडेल

कुमार बिनोद पौडेल

काठमाडौं : भारतीय नाटककार विष्णु प्रभाकरको नाटक ‘मै भी मानव हूं’ को नेपाली अनुवाद यतिबेला नेपाली नाटकघरमा प्रदर्शनरत छ। नेपालीमा अनुवाद गरिएको ‘म पमि मान्छे हुँ’ नाटक यतिबेला ‘आरोहण नाटकघर कुञ्ज’ थिएटरमा सोमबार बाहेक हप्ताको ६ दिन तोकिएको प्रदर्शन भइरहेको छ।

सरोज अर्यालको अनुवाद, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा अंकित खड्का, सुष्मा निरौला, बिम्ब अधिकारी, अभिषेक शर्मा राजोपाध्याय, मनिष ब्यान्जु, संस्कृति दुवाडी, सन्दीप डंगोल, अदान बत्री, सदिन लुइटेलको अभिनय रहेको छ।

यही असोज ५ गतेदेखि मञ्चन शुरू भएको यो नाटक सोमबार बाहेक अन्य दिन हरेक साँझ साढे ५ बजे मञ्चन हुन्छ। असोज २० गतेसम्म मञ्चन हुने नाटकको शनिबार भने दिउँसो २ बजे अतिरिक्त शो मञ्चन हुन्छ। तत्कालीन भारतीय सम्राट अशोकको शासनकालमा भएका विभिन्न युद्धहरु मध्ये एक युद्धको घटना यो नाटकमा समाबेश गरिएको छ।

कथा:-
अशोक सम्राटले अरुराज्यका साथसाथै एउटा महत्वपूर्ण कलिंग राज्य जितेका छन्। कलिंग राज्य लासैलासले भरिएको छ । संम्राट अशोकका प्रहरीहरुले लास तथा घाइतेहरुलाई गिद्ध, स्याल व्वासाँहरुबाट पहरेदारी गरेको अवस्था छ । कुरुक्षेत्रमा संम्राट अशोक आफ्नो विजयप्रति अभिमान बडेको छ । तर कलिंगको राजकुमार आफुप्रति नझुकेको देखेर अचम्मित छन्। संम्राटको डर धम्कि र मृत्यु दण्ड सम्मको हर प्रयासका बाबुजुत पनि कलिंगका राजकुमार आफु जिउँदो रहेसम्म कलिंग कसैको हुनसक्दैन भन्ने कुरामा अडिग छन्।

सम्राटका सल्लाकार राधागुप्तको नितीमा भने कलिंगका राजकुमारलाई मृत्युदण्डको सजाय दिलाउन खडा देखिएका छन् तर संम्राटका छोरी राजकुमारी संधमित्राको धाराणा कलिंगका राजकुमार प्रति क्षेमाको भाव देखाउन हरप्रयास देखिएको छ । सम्राट राजकुमार आफुप्रति झुकेमा क्षेमादान दिन चाहेको तर राजकुमार भिक्षुको भाषा र आफुप्रति नझुकेको प्रति विक्षप्त छन् । जब उपगुप्तको प्रवेश हुन्छ त्यसपछी संम्रटलाई उनगुप्तका शब्द हरुले झस्काई दिन्छ । सम्राट अशोकले आफ्नो मनले खोजेको प्रश्नको उत्तर भेट्छन र राजकुमारलाई क्षमा दिएर आफ्नो मनबाट विजय हुन्छन् ।

निर्देशक सरोज अर्याल साथै अन्य कलाकारको भनाई जस्ताको तस्तै प्रस्तुत गरेको छु।
सरोज अर्याल :
यो नाटक वि.सं. २०५६ सालमा अनुवाद भएर २०५७/५८ सालमा प्रदर्शन गर्ने योजना थियो तर हुन सकेन । त्यसपछि ०६०/६१ ताका प्रदर्शन गर्ने योजना भयो तर दुर्भाग्य त्यो बेला पनि हुन सकेन।संयोगबस अहिले वि. सं. २०८० सालमा यो नाटक मञ्चनसम्म आइपुग्न सफल भयो ।यसमा मेरो भन्दा पनि मेरो जीवन सहयात्री  रेनु भुषालको ठूलो योगदान छ । उसलाई कुन नाटक गर्ने , कस्तो विषयको नाटक गर्ने केही मेसो थिएन । उनको लागि चलचित्र भन्दा पनि नाटक निर्देशन गर्नु ठूलो कुरा थियो । त्यही अनुरुप उनले सहकारीबाट ऋण लिइन् र मेरो अगाडि ऋणको आधा भाग सुम्पिदिइन् । मैले नाटक निर्देशन गर्नुपर्ने करै लाग्यो र गरेँ । अरु त नाटक पछिको सबै जिम्मा तपाईं दर्शकलाई।
म निर्देशक होइन, सहजकर्ता मात्र हुँ ।

अंकित खड्का :-
राक्षस बन्न सजिलो छ । मानिस, मानिस भयर मात्र मानिस हुँदैन ।

सुष्मा निरौला:-
मेरा लागि संघमित्रा चरित्र गर्न पाउनु चुनौती पूर्ण र उत्साह पूर्ण समय रहेको छ।बिष्णु प्रभाकर जि को लेखन र सरोज अर्याल दाइको निर्देशनले हामीले हाम्रो मालाको गाँठो कसेको छौँ। आफू पनि यो सुन्दर मालाको एक मोती हुन पाउँदा म एकदमै खुसी छु।”म पनि मान्छे हुँ” मेरा लागि एक उत्सब हो। संघमित्रा जि को चरित्र निर्वाह गर्न पाउनु मेरालागि ठूलो चुनौती पनि  हो।म हरेक दिन आफूलाइ नयाँ पाउछु। सरोज दाइले यो सुन्दर मालामा मलाइ पनि अटाउनु भएको छ। धन्यवाद! हरेक सुन्दर मन । नाटक मेरो सपना हो। म मेरा सपनाका रंगहरुमा रङ्गिन पाएकी छु,”म पनि मान्छे हुँ” मा ।

बिम्ब अधिकारी:-
“‘म पनि मान्छे हुँ’ ले हामीभित्र बसेका गुणहरू- करूणा, शक्तिमोह, मानवहित तथा दर्शनका बारे कुरा राख्छ। सरोज अर्याल दाइको निर्देशनमा मंचन भैरहेको हाम्रो यस नाटकले युघ्दका कारण, परिणाम र आवश्यकता बारे प्रश्नचिन्ह उठाउँछ।”

सदिन लुइँटेल:-
हामीले कोशिस गरेका छौ । इमानदारिताका साथ काम गर्दै अगाडी बढने प्रयास जारी छ ।

अभिषेक शर्मा राजोपाध्यय:-
धेरै नसोचौँ, गरि हालौँ | यसरी नै काम गर्नुपर्छ भनेर यो नाटकबाट सिंके | सरोज दाईले भन्ने बित्तीकै, मैले उत्साहित भएर ओके भने | आफ्नु बारे भन्नु पर्दा अभिनेता र निर्देशक को सपना बोकेर काम गर्दैछु | “म पनि मान्छे हुं” एउटा सपना थियो र यो सपनालाई दाईले पुरा गर्नु भयो | अनि हामी सबै यस्मा सहभागी भयौं | नाटक बाट धेरै कुराहरूको महसुस भयो, प्रोसेसमा जादांजादैं आफु भित्रमा नै प्रश्न उठ्यो, जसरी महाराजा अशोकलाई उठेको थियो | हामी सबैजना पनि मान्छे नै रैछ ?

सन्दिप डङ्गोल:-
मेरो अनुभबको कुरा गर्दा जब यो नाटकमा मित्र सरोज अर्यालको परिकल्पना निर्देशन र अनुबाद भारतीय लेखक बिष्णु प्रभाकरद्वारा लिखित “मे भि मानव हुँ” लाई नाटक गर्ने निधो हुँदा मलाइ यश नाटकमा सिपाही पात्र र नाटकमा चाहिने प्रप्स साथै ड्रेसको जिम्मा सुम्पेकोले यो यो एक महिना साह्रै ब्यस्त बनियो। राजा अशोकको बारेमा र बुद्दको बारेमा पनि धेरै कुराहरू जान्ने मौका मिलेको सरोज अर्यालको निर्देशन एकदमै सरल,सहज र सरस थियो साथै केही गम्भीर पनि थियो।सबै कलाकार साथीहरू पनि मिलनसार  सहज र नाटक प्रती गम्भीर हुनुहुन्थ्यो ।

संस्कृति दुवाडी :-
“म पनि मान्छे हुँ” मा हामी एक मान्छेमा हुने अहं भावलाई दर्शाउन खोजेका छौँ। हृदयकाे माध्यमले युद्ध जित्न सकिन्छ भन्ने सन्देश बोकेको यस नाटकमा मेरो गिद्धकाे भुमिका छ। मलाई सिनो धेरै मनपर्छ र यहाँ सिनोहरु धेरै छन्।

व्याञ्जु मनिष:-
भिक्षु उपगुप्त ज्युले ब्याञ्जुलाई थुप्रै कुराहरु सम्झाई बुझाई गराउँदै हुनुहुन्छ । प्राण, साँस, अनि जीवन र त्यस्को अस्तित्व?
भुमिस्पर्स मुद्रामा छन् ब्याञ्जु अहिले, धेरै कुरा बुझदै छन् । म पनि एक सास मात्र हुँ ।