Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बिशालको ‘तिम्रो सबै कुरा मन पर्छ’ सार्वजनिक

काठमाडौं । खप्तड क्षेत्रमा छायांकन  गरिएको म्युजिक भिडियो “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक भएको छ । बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत रहेको छ ।

निरौला कै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोको दृश्यमा खप्तड समेटिएको छ । भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो। भिडियोमा खप्तड कार्यक्रमका अभियन्ता समेत रहेका मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन उक्त म्युजिक भिडियोमा रहेको छ ।