Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तारावीर पाण्डेको निर्देशनमा ‘मुखले ठिक्क बनाउने’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा‘मुखले ठिक्क बनाउने’ गीतको भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो हालै सार्वजनिक भएको हो ।
यस गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको पहिलो स्क्रिन शेयर हो ।

अञ्जली र टपशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका छन्  । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ ।

एक दशक देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता गीत स्रोतामाझ ल्याइसकेका छन् । उनको पहिलो एल्बम ‘भूल’नामक एल्बम रहेको थियो । यहि एल्बमबाट उनले सांगीतिक यात्रा सुरु गरेका थिए ।

गीत‘मुखले ठिक्क बनाउने’ रिलिज गर्दै उनले भने, ‘विदेश जानु वाध्यता हो, त्यसैले देशबाहिर रहेर पनि मेरो मन गीत संगीतमै छ ।’ उनी हाल वैदेशिक रोजगारको शिलशिलामा कतार गएका छन्।