Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

न्युलुक मिस एन्ड मिसेस युनिभर्सल सिजन २ सम्पन्न

काठमाडौं । स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन २ सम्पन्न भएको छ । जमल नाचघरमा भएको यस कार्यक्रममा एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेका थिए ।

प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले जितेका छन भने फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअपमा तिलु राणामगर बनेका छन । त्यस्तै मिस तर्फको ताज दिया भट्टराईले पाए भने फस्ट रनरअप प्रशंसा पोखरेल तथा सेकेन्डको की कमला श्रेष्ठले जिते छ्न ।

प्रतियोगिताका जजहरुमा पुर्व मिस नेपाल उषा खड्गी , संजय खतिवडा ,गायक ओम सुनार, न्युलुक अध्यक्ष बिश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा रहेको छ । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री तथा संसद माननीय सत्य पहाडी रहेका थिए।

मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहेका छन । प्रतियोगिताको टाइटल स्पोन्सर न्युलुक , एभिएसन ट्रेनिङ पार्टनरमा एयर होस्टेज एन्ड एयरपोर्ट ग्राउन्ड कृउ , हेयर वोइल पार्टनरमा श्री केश जडिबुटी ,एजुकेशन पार्टनरमा काठमाडौं वर्ड स्कुल रहेका थिए ।