Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘परदेशी–२’ को सेन्सर पास

काठमाडौं । असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।  सेन्सर बोर्डले कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन् ।

मौलिक कथामा सिनेमा बनेको भन्दै आफूहरुले कर्मचारीबाट शुभकामना पाएको निर्माता राजेश वंशलले बताए । ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने सिनेमा बनेको रहेछ । सिनेमा हेरेर मज्जा आयो । यस्तो सिनेमा चल्छ भनेर शुभकामना दिनुभयो ।’

सिनेमाको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।

सिनेमाका निर्देशक रायमाझी, कलाकारहरु प्रकाश सपूत, केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किने छ ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित सिनेमा रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा सिनेमामा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु  हो ।