काठमाडौं : निर्देशक सुरेन्द्र बसेल निर्देशित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। सोमबार ‘कमल शर्मा’ नामक युट्युब च्यानलबाट ‘ ए रमा’ बोलको म्युजिक भिडियो रिलिज गरिएको हो।
भिडियोमा समाबेश गीतमा रामकुमार सशंकर र कमल शर्माको आवाज, शब्द अनि संगीत रहेको छ। भिडियोमा भने सरोज प्रचा र विना राउतको जोडी देख्न सकिन्छ।
सरोज र बिनाका अलावा कमल शर्मा र राजकुमार सशंकरको पनि अभिनय भिडियोमा देख्न सकिन्छ।उत्कृष्ट तरिकाले भिडियोमा कथावस्तु निर्देशक बसेलले प्रस्तुत गरेका छन्। आकर्षक फ्रेममा दिनेश पराजुलीले खिचेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् ।