Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

केकी अधिकारी जस्तो ‘कल्पनाको क्यारेक्टर’ अरु भेटिनँ : निर्देशक रायमाझी

काठमाडौं : नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ प्रदर्शन मितिको मुखैमा छ। निर्माण टिम यतिबेला धमाधम प्रचारप्रसारमा जुटिरहेको छ। काठमाडौं हुँदै मोफसल यात्रा सुरु गरेको टिम राजधानी बाहिरका विभिन्न शहरहरुमा दर्शकहरुसँग साक्षात्कार गरिरहेको छ यतिबेला।

मोफसल यात्रामा नायक प्रकाश सपूत, नायिका केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको टिम हिडेको छ। निर्देशक रायमाझीसँग केकीको यो पहिलो सहकार्य हो। पहिलो सहकार्य निकै राम्रो भएको निर्देशक रायमाझीको अनुभव छ।

घरघरको अनि समाजको कथा नै ‘परदेशी २’ भएकोले यस्तो कथामा उपयुक्त पात्र केकी बाहेक अरु कुनै विकल्प नदेखेको निर्देशक रायमाझीले बताए। मोफसल प्रचारप्रसारको लागि नेपालगन्ज पुगेका रायमाझीले मिडियाकर्मीको कुराकानीमा कथा तयार भइसकेपछि कल्पनाको क्यारेक्टर केकी बाहेक अरु नभेटेको उनले जिकिर गरे।

त्यसो त, प्रकाश सपुतले पनि सिनेमामा राम्रो काम गरेको भन्दै रायमाझीले प्रशंसा गरे। प्रकाशको यो डेव्यू सिनेमा हो। गायन र म्युजिक भिडियो निर्देशनमा राम्रो जमेका प्रकाश सिनेमामा पनि राम्रै जम्ने अनुमान गरिएको छ।

सिनेमा आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ। रमेश बिजीको सिनेमामा कथा रहेको छ। केकी र प्रकाशका अलावा दिलिप रायमाझी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।