Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘नाङ्गो गाउँ २’को घोषणा, एक वर्षपछि छायांकन सुरु गरिने

काठमाडौं : यतिबेला हलमा प्रदर्शनरत सिनेमा ‘नाङ्गो गाउँ’को सिक्वेल बन्ने भएको छ। सोमवार सिनेमाका लेखक तथा निर्देशक दिपेन्द्र लामाले ‘नाङ्गो गाउँ २’ बन्ने घोषणा गरेका हुन्।

उनले आफ्नो फेसबुक अकाउन्टबाट आधिकारिक जानकारी दिएका हुन्। निर्मातासँग सम्झौता भएको तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘अहिले कथा जहाँ टुंगिन्छ, त्यो वास्तवमा कथाको मध्यान्तर थियो । लेख्दै जाँदा ५ घन्टाको फिल्म बन्ने देखिएपछि कथालाई दुई भागमा ब्रेक गरिएको हो । अब ‘नाङ्गो गाउँ-२’मा पासाङ पात्र गाउँ फर्केर जरी लामा विरुद्ध संघर्ष गर्नेछ । र, आफ्नो हारको प्रतिशोध लिनेछ । दोस्रो भागको छायांकन एक वर्षपछि हुनेछ।’

निर्देशक लामाका अनुसार ‘नाङ्गो गाउँ २’ बन्नु अघि ‘नाङ्गो गाउँ’ टिमले एउटा कमेडी सिनेमा निर्माण गर्नेछ । उक्त सिनेमा आफ्नो ‘फुल फ्लेज्ड कमेडी’ जनराको पहिलो हुने निर्देशक लामाले बताएका छन् ।सिनेमाको बारेमा बाँकी जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।