Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पोइट आइडल’को दोश्रो सिजनको तयारीमा अमन

काठमाडौं । डन डिरेक्टर नामले परिचित अमन प्रताप अधिकारीले कविताको रियालिटी शो द पोइट आइडलको दोस्रो सिजन लिएर आउने भएका छन् । पहिलो सिजनको सफलता पछि उनी दोश्रो सिजनको तयारीमा लागेका हुन ।

जज फाइनल गरे संगै यही हप्ता डिजिटल अडिसन सुरु गर्ने उनको तयारी छ । एक महिना डिजिटल असिसनलाई छुट्याईनेमा कविता दशै तिहारको बिच सम्ममा  पठाइसक्नु पर्ने हुन्छ ।

आएका कविता मध्य १५०/२०० लेख्ने कविलाई काठमाडौं बोलाईने छ । यसरी छानिएका कवि र कविता छान्ने जिम्म त्यस पछि भने जजको हुनेछ । त्यस मध्य फिजिकल अडिसनबाट १४जना नेपाली भाषामा कविता लेख्न सक्ने प्रतियोगी छानिने छ । यी सबै प्रक्रिया पहिलाको सिजनमा झै हुने छ ।

टेलिभिजन प्रसारण भने पुस पहिलो हप्ताबाट सुरु हुनेछ । हाल सम्म कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने फाईनल भएको छैन तर कार्यक्रम भने जम्मा ३०एपिसोडमा सक्ने अधिकारीको तयारी रहेको ।

युट्युव पार्ट्नर ओएसआर रहने छ । त्यस्तै भोटिङ पार्ट्नर पनि ओएसआर कनेक्ट हुने छ । यस सिजनमा मार्केटिङ पार्ट्नर एडी प्याड एक्युजिसन र एएनएस क्रियसन रहने शोका निर्माता तथा निर्देशक अमनले बताएका छन् ।