काठमाडौं : निर्देशक दिवाकर भट्टराई र अभिनेता प्रसान्त ताम्रकारको सहकार्य तेस्रो पटक भएको छ । सिनेमा ‘मायावी’मा सहकार्यको खबर सार्वजनिक भएसंगै यी दुईको सहकार्यले तेस्रो यात्रा तय गरेको हो ।
यी दुईको सहकार्य रहेको सिनेमा ‘ऐश्वर्या’को चर्चा अझै पनि हुन्छ । त्यसपछि ‘क्याप्टेन’मा पनि यी दुईले एक साथ काम गरेका थिए । आगामी मंगलबारदेखि फ्लोरमा जान लागेको ‘मायावी’मा यी दुईको सहकार्य हुन लागेको हो ।
ह्यान्डसम भिलेनको छवि बनाएका ताम्रकारले यस् सिनेमामा पनि भिलेनको भुमिका गर्ने अनुमान गरिएको छ । तर निर्माण टिले चरित्रको बारेमा भने खुलाएको छैन । यो सिनेमामा दिपिका प्रसाई, सुशील सिटौला, पल शाह लगायतका कलाकारहरु यस् अघि नै अनुबन्धित भइसकेका छन्।