काठमाडौं : अभिनेता गौरव पहारीले इङ्गेजमेन्ट गरेका छन्। उनले प्रेमिका श्रेणी खतिवडासँग बुधबार टिकाटालोसहित इङ्गेजमेन्ट गरेका हुन्।
राजधानीको एक होटलमा परिवारका सदस्यहरुको उपस्तिथिमा गौरव र श्रेणीको टिकाटालो गरिएको हो। उनीहरू करिब ३ वर्षदेखि प्रेममा रहेको बताइएको छ।
पेसाले श्रेणी जुम्बा प्रशिक्षक हुन्। आफ्नो प्रेम सम्बन्धलाई यि दुईले आगामी मंसिरमा वैवाहिक जीवनमा परिणत गर्ने पनि बताइएको छ।















