काठमाडौं : नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’को नयाँ गीत रिलिज गरिएको छ। बुधबार निर्माण टिमले ‘हिजो काम, आज काम’ बोलको गीत रिलिज गरेको हो।
गीतमा प्रशान्त तामाङको आवाज सुन्न सकिन्छ। पिडाले भरिएको गीतमा बिबि अनुरागीको संगीत अनि सतिश चापागाईंको शब्द रहेको छ। वियोगान्त प्याटर्नमा आधारित रहेको छ गीतको अडियो।
यता भिडियोमा चाहिँ सिनेमाका नायक प्रकाश सपूत फिचर्ड छन्। दशैं जस्तो नेपालीहरुको महान चाडमा घर जान नपाएको पीडा अनि दशैको दिनमा पनि काममा जानू परेको कारुणिक कथालाई भिडियोमा देखाइएको छ।
भिडियोमा प्रकाशका अलावा नायक दिलिप रायमाझी, नायिका वर्षा शिवाकोटी, केकी अधिकारी, रमा थपलिया लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। गीतले विदेशीएका नेपालीहरुको पीडा बोलेको छ।
गायन हुँदै सिनेमामा डेव्यू गरेका प्रकाश सपुतको यो पहिलो सिनेमा हो। त्यसैले पनि प्रकाश आफ्नो पहिलो सिनेमालाई लिएर निकै उत्साहित छन्। सिनेमा आगामी असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। रमेश बिजीको कथा अनि स्क्रिनप्ले सिनेमामा रहेको छ।
परदेशीएका युवाहरूको कथामा सिनेमा आधारित रहेको छ। यो सिनेमाको पहिलो सिरिज निकै हिट भएको थियो। अब दोस्रो सिरिज दर्शकले कत्तिको रुचाउने हुन् त्यो त प्रदर्शनपछि नै थाहा होला।















