काठमाडौं : चलचित्र विकास बोर्डले ११ जना सिनेकर्मीहरुलाई सम्मान गरेको छ। संविधान दिवसको अवसर पारेर मंगलबार ११ जना सिनेकर्मीहरुलाई सम्मान गरेको हो।
सम्मानित हुनेमा कलाकार मदनकृष्ण श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, विजयरन्त तुलाधर, मनोज पण्डित, दयाराम दाहाल, मिथिला शर्मा, मिनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष संचालन समिति रहेका छन्।
‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ अन्तर्गत प्रदान गरिएको सम्मान कार्यक्रममा ११ जना सिनेकर्मीहरु मध्य मिथिला शर्मा, रेखा थापा र मिनबहादुर भाम उपस्थित थिएनन्। बाँकी कलाकारहरुलाई भव्य सम्मान गरिएको हो।








