Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटीको यसपालिको तीज (फोटो)

काठमाडौं : हिन्दु नारीहरुको महान चाड मानिने हरितालिका तीज आज सोमबार धुमधाम मनाइएको छ। सोमबार दिनभर विभिन्न तीज गीतहरू बजाएर अनि गाएर नेपाली नारीहरुले तीज मनाएका हुन्।

अधिकांश नारीहरु व्रत समेत बसे। धेरैले यो पालिको तीज उल्लासमय भएको कुरा सामाजिक संजालमा उल्लेख समेत गरेका छन्। यसैबीच, नेपाली सिनेक्षेत्रका नायिकाहरुले पनि तीज मनाएका छन्।

रातो सारीमा सजिएर केही अभिनेत्रीहरुले तीज मनाएको कुरा फेसबुकमा सार्वजनिक गरेका छन्। आज हामीले नेपाली सिनेमा उद्योगका उस्तै नाम गरेका दुई नायिकाको तीजसँग सम्बन्धित तस्वीरहरु संकलन गरेका छौँ। उस्तै नाम गरेका दुई नायिकाहरु हुन् वर्षा राउत र वर्षा शिवाकोटी।

नायिका वर्षा राउतले यो वर्षको तीज आफ्नो माइतीमा मनाएकी छिन्। आफ्नो आमासँग तीज मनाएर केही तस्वीर उनले फेसबुकमा सार्वजनिक गरेकी छिन्। त्यस्तै, अर्की नायिका वर्षा शिवाकोटीले पनि रातो सारीमा सजिएर तीज मनाएकी छिन्। उनले भने सिंगल तीज मनाएका तस्वीर सार्वजनिक गरेकी छिन्।

सुरसिनेमाकर्मीले सामाजिक संजालबाट संकलन गरेका दुई वर्षाका तीज विशेष तस्वीरहरु यस्ता छन् :-