Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राष्ट्रिय चलचित्र दिवस : सामाजिक संजालमा मात्रै सिमित

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं : आज असोज १ अर्थात् राष्ट्रिय चलचित्र दिवस। चलचित्र बिकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीको नेतृत्वले असोज महिनामा पहिलो नेपाली चलचित्रको प्रदर्शन आरम्भ भएको भन्दै वि.सं. २०६८ साल असोज १ गतेदेखि राष्ट्रिय चलचित्र दिवस दावी गर्दै औपचारिक कार्यक्रमको आयोजना गरेपछि सबैले असोज १ लाई राष्ट्रिय चलचित्र दिवस भन्दै आएका छन्।

सिनेमा क्षेत्रसँग सम्बन्धित सिनेकर्मीहरुको उर्जा, क्षमता, दक्षतालाई अभिवृद्धि गर्ने उदेश्यसहित सुरु भएको चलचित्र दिवस, केहीको नजरमा सामाजिक सन्जालमा मात्र सिमित रहनुले हाम्रो एकता कति खुम्चिएको छ स्पष्ट हुन्छ।

वर्षेनी सामाजिक सन्जाल बाहेक बाहिर न आउनुले पनि चलचित्र साहित्यप्रतिको लगाव केवल स्वार्थमा मात्र निहित छ झैँ देखिन्छ। यस क्षेत्रको विकासका लागि भन्दै खुलेका अनेकन संस्था मध्य उपल्लो संगठन चलचित्र विकास बोर्डले कसेकम सिनेमा “हिजो आज र भोलि” या “हाम्रो चलचित्र र यस्का चुनौती हरु” विषय मात्रको एउटा अन्तरक्रिया मात्र आयोजना गरे यो दिवसको सास रहन्छ भन्ने जानकारहरु बताउँछन्।

आजको पुस्तालाई सिनेमा क्षेत्रको ईतिहास अनि यो संग सरोकार राख्ने विविध कालखण्ड, आजको समीक्षा र भोलिका लागि अपनाउनु पर्ने सकरात्मक बिचारका खातिर यस्ता उत्सवको अवधारणा बनाइन्छ। जो सुकैले सुरुवात गरे पनि सिनेमालाई आफ्नो कर्म ठान्नेले यस्को अपनत्व गर्नु धर्म हो।

आजको अवस्थामा असरल्ल छरिँदै गएको सिनेमाक्षेत्रको अस्तित्वलाई जोगाउनु र बचाउनु सबैको कर्तब्य हुन आउँछ। व्यक्तिगत बिचार र समुहमा मात्र खुम्चिएको सिनेमा बजारलाई एकताको सुत्रमा लैजान मात्र पहल गर्न सके यस्ता उत्सवले सार्थक्ता पाउने जानकारहरु बताउँछन्।

यस क्षेत्रसंग सरोकार राख्ने संघ र संस्थाको पहलमा सिनेमा क्षेत्र र यस्को विकासमा टेवा मिल्न सक्ने त्यस्ता केही कार्यक्रमहरुको आयोजना गरिदेओस् ताकी “नेपाली चलचित्र सबैको मन भित्र” भन्ने भावना जागृत रहोस् । राष्ट्रीय चलचित्र दिवसको सबैमा शुभकामना।