काठमाडौं : हरेक वर्ष झैँ यो वर्ष पनि तीजलाई लक्षित गरेर हजारौं गीतहरू बजारमा सार्वजनिक भए। तर यसो रिसर्च गर्ने हो भने औंलामा गन्न सकिने गीत छन्, जसले लगानी उठाए अनि चर्चित बने।
यो वर्ष चर्चित तीज गीतको कुरा गर्नुपर्दा अग्रपंक्तिमा आउँछ ‘अरेली काँडैले मलाई च्वास्सै’। यो गीत लोकप्रिय गायिका शान्ती श्री परियारले बजारमा ल्याएकी हुन्। पोहोर साल ‘खोली तारी देउन माझी दाइ’ बजारमा ल्याएकी शान्तीले यो वर्ष ‘अरेली काँडैले मलाई च्वास्सै’ बजारमा ल्याएकी हुन्।
गीत करिब ४ हप्ता अघि मात्र बजारमा सार्वजनिक भएको हो। तर रिलिजको छोटो समयमै सर्वाधिक हिट बन्न पुगेको छ। गीत यतिबेला चारैतिर घन्किरहेको छ। झन् आज सोमबार त नेपाली महिलाहरुको महान चाड तीज। आज जताततै यही गीत बजाएर नारीहरु नाचिरहेका छन्।
उसो त, टिकटकमा पनि उत्तिकै हिट छ। हालसम्म यो गीतका विभिन्न अंशमा १० लाख बढी टिकटक भिडियोहरु बनिसकेका छन्। उता युट्युबको कुरा गर्ने हो भने आज तीजको दिनसम्मको डाट निकाल्ने हो भने १ करोड ३२ लाख बढी भ्युज छ। दैनिक ८/९ लाख भ्युजको अनुपातमा यो गीतको भिडियो अगाडि बढीरहेको छ।
अरु गीतहरू भन्दा अलि ढिलागरी बजारमा रिलिज भएको यो गीत यो वर्षकै सर्वाधिक हिट तीज गीत हो । किनकी सबैको मुखमा यही गीत झुन्डिएको छ। युट्युबको भ्युज अनि गीतको चौतर्फी चर्चा नियाल्ने हो भने यो वर्ष तीजलाई लक्षित गर्दै बजारमा आएका हजारौं गीतलाई पछि पार्दै यो गीत पहिलो नम्बरमा पर्न सफल भएको छ।
गीतमा खेम सेन्चुरीको थेगो अनि मेलोडी छ भने नेत्र अर्यालले शब्द लेखेका छन्। श्यामश्वेत रसाइलीको अरेन्ज अनि मास्टरिङमा तयार भएको गीतमा शान्तीको मिठासयुक्त गायिकी सुन्न सकिन्छ।
अडियोसँगै भिडियो पनि उत्कृष्ट बनेकोले पनि गीतको चर्चामा थप टेवा पुग्यो। लोकप्रिय कलाकार प्रकाश सपूत र लोकप्रिय मोडल अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन्। अञ्जलीको धमाकेदार नृत्यले सबैको ध्यान खिच्छ।
भिडियोलाई सुनिल बिकले निर्देशन गरेका हुन्। गम्भीर बिष्ट भिडियोका कोरियोग्राफर हुन्। निकै आकर्षक फ्रेममा नवराज उप्रेतीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो हेर्दा निकै महंगो बजेटमा तयार भएको अनुमान लगाउन सकिन्छ। भिडियो..