काठमाडौं : आगामी असोजमा हुने भनिएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ अब मंसिरमा मात्रै सम्पन्न हुनेभएको छ। पूर्व निर्धारित मिति अनुसार महोत्सव आगामी असोज ४, ५ र ६ गते हुने भनिएको थियो। तर तयारी पूरा नभएकोले अब महोत्सव मंसिर १५ गतेदेखि १७ गतेसम्म संचालन हुने महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए।
उनले आफ्नो फेसबुकमा एक विज्ञप्ति जारी गर्दै महोत्सवको मिति अलि पछि धकलिएको जानकारी दिएका हुन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुन लागेको हो।
कर्णालीको कथा, जीवनशैली, भेष भूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने उदेश्यले पहिलो पटक कर्णालीमा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।
स्थानीय कला र संस्कृति तथा चलचित्र पर्यटन प्रवर्धन गर्ने यो महोत्सव कर्णाली प्रदेश सरकार र चलचित्र विकास बोर्डको सहकार्यमा हुनेछ ।