Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘हात्तीछाप’ आगामी माघ २६ बाट प्रदर्शन हुने

काठमाडौं : सुमोस सुनुवार निर्देशित सिनेमा ‘हात्तीछाप’ आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने भएको छ। यस् सिनेमाका निर्माता किरण नेपालीले आइतबार फेसबुकमा एक पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी माघ २६ बाट प्रदर्शनमा आउने जानकारी दिएका हुन्।

किरणले सार्वजनिक गरेको पोस्टरमा अभिनेता सौगात मल्ला ग्याङस्टार लुक्समा देखिएका छन्। पोस्टर सेयर गर्दै किरणले लेखेका छन्, ‘हाम्रो चलचित्र ‘हात्तिछाप’ आगामी माघ २६ गते प्रदर्शन हुँदैछ ।  एउटा रमाइलो कथालाई पर्दामा उतार्ने प्रयास गरेका छौं । तपाईंहरुले मनोरंजन साथै सम्पूर्ण सन्तुष्टि पाउनुहुनेछ भन्ने आशा छ । अब लगभग केहि महिना त हो, धैर्य गर्नुहोला ।’

प्रदर्शन मिति सार्वजनिक भएपछि दर्शकहरु सिनेमालाई लिएर निकै उत्साहित बनेका छन्। एउटा रमाइलो सामाजिक कथावस्तुमा तयार भएको सिनेमा प्रदीप भारद्वाजले लेखेका हुन्।

सिनेमामा दयाहाङ राई र बेनिशा हमाल मुख्य भूमिकामा छन्। दया र बेनिशा पहिलो पटकसँगै देखिन लागेका हुन्। दया र बेनिशाासँगै सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, विल्सनविक्रम राई, कमलमणी नेपाललगायतको पनि सिनेमामा अभिनय रहेको छ।