Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दिपेन्द्रले आफ्नै सिनेमा ‘नांगो गाउँ’लाई कति नम्बर दिए त ?

काठमाडौं : शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘नांगो गाउँ’ले यतिबेला हलमा राम्रो व्यापार गरिरहेको छ। दर्शकले पनि सिनेमालाई राम्रो साथ दिइरहेका छन्। यसैबीच, सिनेमा टिमले शनिबार राजधानीमा ‘धन्यवाद ज्ञापन’ कार्यक्रमको आयोजना गर्दै दर्शकलाई धन्यवाद दिएको छ।

शनिबार साँझ आयोजित उक्त कार्यक्रममा सिनेमाका निर्देशक तथा लेखक दिपेन्द्र लामा, अभिनेता दयाहाङ राई, सिनेमाका प्रस्तुतकर्ता हिमाल शर्मा उपस्थित थिए। निर्देशक लामाले दर्शकलाई धन्यवाद दिँदै आफ्नै सिनेमा ‘नांगो गाउँ’लाई ५ मा ३ नम्बर दिएका छन्।

‘यदि पहिलाको समय हुन्थ्यो भने मैले ५ मा ४ दिन्थेँ होला’, उनले भनेँ, ‘अहिले चाहिँ म आफ्नो कामलाई मुल्यांकन गर्दै अहिले चाहि ५ मा ३ सम्म दिन्छु। साथै, दयाले पनि सिनेमालाई साथ दिने दर्शकलाई आभार प्रकट गरेका थिए।

समसामयिक विषयवस्तुलाई उठान गरेको भएर पनि होला सिनेमालाई प्रसंशा यतिबेला मिलिरहेको छ। यो सिनेमामा जय श्रेष्ठको लगानी रहेको छ । सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, विशाल पहारी, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।