काठमाडौं : रामबाबू गुरुङले निर्देशन गर्ने नयाँ सिनेमा ‘डिग्री माइला: एमए थर्ड’को शुभमुहुर्त गरिएको छ। शनिबार भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गरेर निर्माण टिमले शुभमुहुर्त गरेको हो।
सिनेमामा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहनेछ। उक्त शुभमुहुर्त समारोहमा निर्देशक गुरुङ लगायत दया, आँचलसँगै सिनेमाका कलाकार विजय बराल, माहित्से गुरुङ लगायतको सिनेमा युनिटको उपस्तिथि रहेको थियो।
सिनेमा आगामी असोज ५ गतेबाट छायांकनमा जानेछ। निर्माण टिमका अनुसार ओखलढुंगाको रुम्जाटारबाट सिनेमाको छायांकन आरम्भ गरिनेछ। सिनेमा बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ।
सिनेमा कमेडी जनरामा निर्माण हुनेछ। दया र आँचलले पहिलोपटक एकसाथ काम गर्दैछन्। सिनेमाको नामबाट अधिकांश दर्शकहरु सिनेमा कस्तो बन्ला भनेर उत्साहित छन्। सिनेमा नयाँ वर्ष २०८१ साललाई लक्षित गरेर रिलिज गरिने बताइएको छ।