Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

एक हप्ता अघि सर्‍यो ‘वानर सेना’

काठमाडौं : सिनेमा ‘वानर सेना’ आफ्नो प्रदर्शन मितिको एक हप्ता अघि सरेको छ। आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउने तय गरेको यो सिनेमा अब असोज १९ गतेबाट प्रदर्शनमा आउने छ।

‘वानर सेना’ले तय गरेको पहिलाको मितिमा आगामी कार्तिक ४ गतेबाट प्रदर्शनको तयारीमा रहेका दुई सिनेमामध्ये ‘परदेशी २’ एक हप्ता अगाडी असोज २६ मा प्रि-पोण्ड भएपछि ‘वानर सेना’ निर्माताले आफुलाई अन्याय भएको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।

बिहीबार निर्माता संघको न्यायिक समितिले दुवै सिनेमाको निर्माण टिमलाई राखेर छलफल गराएको थियो । न्यायिक समितिका सभापति उदय सुब्बा, निर्माता संघका कार्यसमिति सदस्य किरण नेपाली, वितरक करण श्रेष्ठ, ‘वानर सेना’का निर्माता युवराज गिरी र ‘परदेशी २’का निर्माता राजेश वंशल बिहीबारको छलफलमा सहभागी थिए ।

छलफलमा दुवै सिनेमाका निर्माताबीच एक आपसमा मिलेर जाने सहमति भएसँगै ‘वानर सेना’ एक हप्ता अगाडी असोज १९ गते र ‘परदेशी २’ असोज २६ मा प्रदर्शन हुने पक्का भएको हो । अबको सहमति र सहकार्यले नेपाली सिनेमा उद्योगमा नयाँ सन्देश जाने विश्वास ‘वानर सेना’ निर्माता गिरीले दिएका छन् । यता वितरक करण श्रेष्ठले सिनेमा एक हप्ता प्रिपोण्ड भएपछि आफुले ‘वानर सेना’को प्रचार प्रसारमा समेत सहयोग गर्ने बताएका हुन् ।

गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएकको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डीत, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, बिशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र बिशेष भुमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

अर्पण गिरी (अरमान जंग)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा विनोद सापकोटाको छायांकन, रवी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रविन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्धन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पाद रहेको छ ।

सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंम निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।