Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तीजको रहर आयो बरी लै !

काठमाडौं ।  अहिले सम्म तीजलाई उल्लेख गरेर हजारौं गीत आइसके तर सबै भन्दा बढी चर्चित गीत भने ” तीजको रहर आयो बरि लै” हो। अरु गीत भने यसको छेउ सम्म पनि पुग्न सकेका छैनन्। यो गीत नबजे सम्म  तीज आएको महसूस नै हुदैन।

चालिसको दसकमा रिलिज भएको चलचित्र कन्यादान को “तिजको रहर आयो बरी लै” गीत हरेक बर्षको तिजमा उतिकै बज्ने गर्छ । चेतन कार्कीको शब्द , मनोहारी सिँहको संगीत र दिपा झा तथा शुष्मा श्रेष्ठको स्वरमा रहेको यो गीत नबजि हरेक बर्षको तिज, तिज जस्तै लाग्दैन । सदाबहार गीत त उही ‘तीजको रहर आयो बरी लै’ नै हो। यति धेरैले मन पराएको र हरेक वर्ष बज्ने गीत भए पनि अचम्मको कुरा के भने यो गीत धेरैले गलत गाउने गर्छन्। यो गीतका वास्तविक शब्दहरु धेरैलाई थाहै छैन। 

गीतको सुरुको बोलदेखि नै गलत बुझाई छ। खासमा ‘तीजको रहर आयो बरी लै’ हो। तर कतिपयले गाउँदा ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन्। तीजको ‘लहर’ त कसरी आउँछ र, ‘रहर’ चाहिँ आउने हो।

२०७० साल ताका गायिका मञ्जु थापाले यो गीतको रिमिक्स भर्सन पनि बजारमा ल्याएको देखिन्छ । तर त्यसमा पनि शब्दहरु गलत प्रयोग गरिएका छन् ।

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। त्यसो हैन, गीतकार चेतन कार्कीका अनुसार ‘नाचौँन मिलेर दामली सैनी’ हो।
के हो त दामली भनेको? नाम लिई भनेको भए अर्थ पनि छ। दामलीको अर्थ के ? गीतकार कार्कीका अनुसार ‘दामली’को अर्थ ‘उमेर मिल्ने कोही’ हुन्छ। अनि सैनी भनेको नि? – सैनीको अर्थ भने गण्डक क्षेत्रमा ‘मितिनी’ हो।

गीतका शब्द भने यस्ता छन् । –

गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामलि सैनी
तीज को रहर आयो बरिलै २
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामलि सैनी
तीजको रहर आयो बरिलै २

नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरि
नौ डॉडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौँ फेरि
को कहॉ पुग्ने हो केहि थाहा छैन
आगुम भेट फेरी हुने हो हैन
मन को धोको पुर्याइ गाऔँ
स्वर मा स्वर मिलाई गाऔँ
तीजको रहर आयो बरिलै २

भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
भदौरे भेल ले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
बिर्सेर आजलाई कर्करे सासु
आमाजु नन्दले दिएका आँसु
छिडकेरी मारेर खेलौ न आज
सकस नमानी बिर्सेर लाज
तिजको रहर आयो बरि लै
तिजको रहर आयो बरि लै

विसासै बर्ष नी हाम्रा यी माईती
बाबा र आमा नि दाजै र भाई ती
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
गर्दछौँ बिनती महादेव हामी
जुग जुग बॉचुन् शिरका स्वामी
निर्जल बसेर लिएको बर्त
सफल पारिदेउ हे दु:ख हर्ता
तीज को रहर आयो बरिलै
तीज को रहर आयो बरिलै
गाऔँ स्वर खोलेर दिदी र बैनी
नॉचौ न मिलेर दामली सैनी
तीजको रहर आयो बरिलै (६)