Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

२०८० मा घनश्यामलाई भ्याई नभ्याई

कुमार बिनोद पौडेल

काठमाडौं ।   निर्देशक घनश्याम लामिछानेलाई अहिले भ्याई नभ्याई छ । हाल उनी सिनेमा “चित्रा” को वर्कसपमा पोखरामा  व्यस्त छन् । यही २०८० मा नै रिलिज गरिने भनेको यो सिनेमा यही भाद्र २९ गते बाट छायांकनमा जाँदै छ। यसका प्रमुख कलाकारहरुमा सन्तोष अधिकारी, मेनुका प्रधान, अर्पण थापा, प्रमोद अग्रहरी, सुभेच्छा थापा, सिम्रन खड्का आदि छन् ।

सुरसिनेमा लाई प्राप्त जानकारी अनुसार घनश्यामले २०८० मा नै साहित्यिक कृतिमा आधारित अर्को अमूक  सिनेमाको थालनी गर्ने छन् ।  श्याम शुक्ला फिल्मस्को व्यानरमा निर्माण गरिने यो सिनेमाका सवांद तथा पटकथा लेखन ‘झिङ्गेदाउ’ , ‘झ्यानकुटी’ फेम्ड  लेखक प्रदिप भारद्वाजले गरिरहेका छन् भने यसको निर्माता पनि प्रदीप र घनश्याम स्वयम् नै रहेका छन् ।

त्यस्तै गरी उनले निर्देशन गरेको अर्को सिनेमा ‘लन्डन टू पेरिस’ पनि यही २०८० मा नै रिलिज गर्ने तयारी रहेको  घनश्याम बताउँछन् । २०५७ सालमा प्रथम पटक भिडियो सिनेमा मार्फत निर्देशनमा हामफालेका घनश्यामको पहिलो सिनेमा भने ‘प्रेम मिलन’ हो ।

त्यसपछि सिनेमा निर्देशनलाई  निरन्तरता दिँदै अर्को भिडियो सिनेमा ‘प्रेम पागल’ का साथमा गुरुङ भाषाका दुई सिनेमा ‘रोधी’ र ‘च्यागि’ को निर्देशन गरेका थिए । यिनको पहिलो  सेलुलाइड सिनेमा भने ‘धौली’ थियो । त्यसपछि उनले क्रमशः ‘अग्निदहन’ र ‘पञ्चेबाजा’ निर्देशन गरे।  यिनले ‘अग्नीदहन’ बाट भने राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भए भने ‘पञ्चेबाजा’ भने क्रिटिक्सद्वारा अत्यन्त मन पराइएको थियो ।

सिनेमा मेकिङमा चारैतिरबाट प्रशंसा पाएका घनश्यामलाई ब्यावसायिक रुपमा सफल सिनेमा बनाउने  अवसर सगै चुनौती पनि थपिएको छ ।