Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अन्ततः विष्णु माझीको नयाँ तीज गीत ‘बलमा’ रिलिज

काठमाडौं : लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत रिलिज भएको छ। करिब १ वर्षदेखि उनको आवाजमा नयाँ गीत सुन्नलाई कुरेर बसेका स्रोताहरुले अन्ततः नयाँ गीत सुन्न पाउने भएका छन् ।

बुधबार ‘बलमा’ बोलको नयाँ तीज गीत सपना म्युजिक नामक युट्युबबाट रिलिज गरिएको हो। जुन गीतमा विष्णुको सुरिलो आवाज सुन्न सकिन्छ। गीतमा शब्द अनि संगीत भने सुन्दरमणी अधिकारीको रहेको छ।

झट्ट सुन्दा डान्सिङ प्याटर्नमा आधारित छ गीत। तर गीतका केही शब्दहरुले भने मन चसक्क बनाउँछ। सधैंझैँ विष्णुका गीतहरू बिनोद बाजुरालीले अरेन्ज गर्थे भने यो पटक चाहिँ आशिष् अविरलले मीठो तरिकाले गरेका छन्।

यता भिडियोको कुरा गर्नुपर्दा आकर्षक भिडियो निर्माण गरिएको छ। सुन्दरमणी र नयाँ कलाकार विनु सुवेदी भिडियोमा फिचर्ड छन्। भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका छन्। शम्भु चालिसेले भिडियो खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्। भिडियोका निर्माता र निर्देशक त स्वयं सुन्दरमणी नै हुन्।