काठमाडौं
सुहाना थापा अभिनित सिनेमा ‘एक भगवत् गीता’ प्रदर्शनको तयारीमा रहेको छ। सिनेमाका लागि निर्माण टिम अहिले दौडधुपमा नै रहेका छन् । यहि भदौं २९ गते रिलिज हुने सिनेमाको प्रचारप्रसारका क्रममा शनिबार आफु निटक मिडियालाई बोलाएर निर्माण टिमले सिनेमाका बारेमा जानकारी दिएका छन्।

उनीहरुले सिनेमा निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । अभिनेत्री सुहाना थापाले आफुले यो सिनेमामा काम गर्दा निकै रमाइलो र बच्चासँग अभिनय गर्दा बच्चै जस्तो लागेको आफ्नो अनुभव सुनाईन् ।

उनले अहिले सम्म घरको बाहेक अरुको ब्यानरमा अभिनय गरेकी छैनन् । बेला बेलामा घरकै सिनेमामा आमा सिनेमा निर्देशन गर्ने,बुबा लगानी गर्ने र छोरी हिरोइन् बनेको आरोप लाग्दै आएको थियो । यस आरोपलाई निर्माता सुनिल कुमार थापाले पढाईको कारण अन्यको ब्यानरमा काम नगरेको बताए।

उनले पढाईका कारण सुहानाले अरुको सिनेमामा काम गर्न नपाएर अबको डेढ वर्षपछि जुनसुकै सिने मेकरले अभिनय गराउन सक्ने बताए ।















