Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विवाहको प्रश्नमा भड्किएकी रेखा सन्तानको प्रश्नले छैनन् दिक्क

काठमाडौं
नायिका रेखा थापा सिनेमामा र वास्तविक जिवनमा पनि हड्के स्वभावको कारण चर्चामा हुन्छिन । उनी मनमा लागेको गरिहाल्छिन र बोलिहाल्छिन ।

एक समय उनलाई विवाहको प्रश्नले दिक्क बनाउने गर्थ्यो । ती र त्यस्ता प्रश्नले, दिक्क भएर उनी एक अन्तर्वार्तामा भड्किएकी पनि थिइन । ऋषि धमलासंगको अन्तर्वार्तामा उनले विवाहको प्रश्न गर्ने अधिकार कसैलाई नभएको बताएकी थिइन ।

समय बदलियो । उनमा परिपक्वता पनि आउदै गएको देख्न सकिन्छ । विवाह पछि उनलाई सन्तानको प्रश्नले पछ्याउन थालेको छ । तर उनलाई उक्त प्रश्न गलत लाग्न छोडेको छ ।

दुई ब्यक्ति एकसाथ भएपछी मायाको चिनोको रुपमा सन्तान हुनु स्वभाविक रहेको भन्दै उनले यस्ता प्रश्नले दिक्क नहुने बताएकी हुन । उनले लामै समय अघि छोराको नाम पुण्डरीकाक्ष राख्ने बताएकोमा उक्त नाम भने नरहने समेत बताएकी छन ।

विवाह सुन्न नचाहने उनले सम्भवत बुझ्ने जोडी पाएर हुनुपर्छ अहिले सन्तानको चाह सूक्ष्म रुपमा राख्न थालेको देखिन्छ । उनी हाल आफ्नो आगामी सिनेमा “उपहार” मा ब्यस्त छिन ।