काठमाडौं
करिव दुई दशक अघिको हिट सिनेमा ‘धड्कन’को सिक्वेल बन्ने चर्चा चलेको लामै समय भयो । निर्देशक नरेश पौडेलले सिनेमाको सिक्वेल बनाउने तयारी थालेको र मौनता श्रेष्ठले नै यो सिनेमाको स्कृप्ट लेख्ने पनि बताएका थिए । तर लामो समय हुदा समेत सिनेमाको काम सुरु भएको छैन । किन त ?
निर्देशक पौडेल भन्छन,”कथाको लागि यता उता गर्दा नै चार महिना बढी लाग्यो । अब फागुनबाट भने हामी फ्लोरमा जाँदै छौ।”

सुपरहिट सावित धड्कनमा रेखा थापा, अरुणिमा लम्साल, रमित ढुंगाना, निखिल उप्रेतीको मुख्य भूमिका रहेको थियो । अब बन्ने सिनेमामा भने सबै नया कलाकार रहने पौडेलले बताएका छन । त्यति मात्र होइन सिनेमाको कथा पनि भिन्न हुने छ ।
‘हिरो’, ‘धड्कन’, ‘दीपशिखा’, ‘अभिमन्यू’ लगायतका सिनेमा निर्देशन गरेका नरेशले ‘धड्कन २’ कस्तो बनाउने हुन यो भने प्रतीक्षाको बिषय रहने छ ।