Sur Cinema

“चोपेन्द्र” भारी भएको हो मुकुन जी ?

काठमाडौं
राजेश हमाललाई अझै पनि शंकर चरित्रले चिन्ने गरिन्छ । जस प्रती उनले गुनासो गरेको कहिल्यै सुनिएको छैन । केदार प्रसाद घिमिरेलाई अझै पनि “माग्ने बुढा” कै रुपमा चिनिन्छन । बसुन्धरा भुसाललाई धेरै पटक बाटोमा धेरैले नक्कली भन्दै जिस्क्याएका छन ।

यस्ता धेरै कलाकार छन जस्लाई आफ्नो नामले भन्दा चरित्रबाट चिन्ने गरिन्छ । तर समय बदलियो । पहिला झै न त कलाकार छन । न त्यस्तो खुसी जस्ले गरेर एकै चरित्रले पहिचान दिन्छ ।

“चोपेन्द्र” चरित्रबाट चिनिए कलाकार मुकुन भुसाल । तर अब भने उनलाई त्यही पहिचान मेटेर अर्को चरित्र ले चिनिन हतार भएको छ । उनलाई आफ्नो नामले भन्दा धेरै चोपेन्द्र नामले चिन्छन । हुन पनि ‘बुलबुल’ सिनेमाकी स्वस्तिमा खड्कालाई नै चिनिन धेरै सिनेमामा काम गर्नु पर्यो । तर उनलाई पहिलो सिनेमाले नै दर्शक माझ परिचित गरायो “चोपेन्द्र” नामले ।

अब उनी अभिनित तेस्रो र चौथो सिनेमा एक साथ हलमा लाग्दै छन्  । भदौ १४ गतेबाट ‘ऐंचो पैंचो’ र ‘गणपति’ लाग्दै गर्दा उनलाई भने ‘गणपति’ले ‘चोपेन्द्र’ नाम बिर्स्याउने आसा लागेको छ । तेस्रो सिनेमा मै आउदै गर्दा उनलाई भने पहिचान बनाएको चरित्र बोझ लागेको छ ।

त्यसो त हर कलाकारलाई हरेक पटक भिन्न भिन्न चरित्रले चिनिन मन लाग्छ । उनलाई पनि त्यही लोभ पो लागेको हो कि ?