Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

मैले बुबालाई माफ गरिसके : परितोसिका पन्त

काठमाडौं
अन्जु पन्त र मनोजराज सिवाकोटीकि छोरी हुन परितोसिका पन्त । उनले एक गफगाफको क्रममा आफ्ना बुबा मनोजलाई माफ गरिदिएको बताएकी छन । साथै उनले बुवाको आगामी जीवन राम्रो होस भनेर शुभकामना समेत दिएकी छन ।

“वहाको कारण धेरै ट्रमा भयो । साइकोलोजिकल प्रब्लम पनि आयो । मलाई र ममीलाई पनि । तर त्यही अड्किएर त अगाडि बढ्न सकिदैन । त्यसैले वहालाई मैले माफ गरिदिसके।” उनले भनेकी छन ।

अब छुटिन लागेका जोडीहरुले पनि छुट्दै गर्दा बच्चामा पर्न सक्ने मानसिक प्रभाव बारे चै सोच्नु पर्ने उनले बताएकी छन । माया नै नरहेपछि सन्तानको लागि भनेर सम्बन्धमा बस्नु तसही होइन । तर संगै मिलेर सन्तानको स्याहार गर्न सकिन्छ भन्ने उनलाई लाग्छ ।

उनकै कारण अन्जुले थिर कोइरालासंग विवाह गरिसकेकि छन । र उनी आफ्नी आमाले सही मान्छे पाएकोमा खुसी पनि छिन ।