Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकार र पत्रकार बिच एक पर्खाल हुनुपर्छ : स्वस्तिमा खड्का

काठमाडौं
नायिका स्वस्तिमा खड्काले कलाकार र पत्रकार बिच पनि राजनिती हुने/ गरिने बताएकी छिन् । द प्रकाश सुवेदी शोमा पुगेकि उनले पत्रकार कलाकार को सम्बन्ध कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफमा राजनिती हुने बताएकी हुन्  ।

निकटताको आधारमा पत्रकारले खुलेर समाचार लेख्न नसक्ने हुने भन्दै जुन कलाकार पत्रकारको निकट हुन्छ उसले राजनिती गर्ने बताएकी छिन । “सिनेमा रिलिज लगत्तै फलानोको बारे लेखिदिन भन्दै कलाकार पत्रकार सम्म पुग्छन । तर मलाई के लाग्छ भने त्यो इनर्जी बरु आफ्नो काममा लगाउनु नी । प्रतिस्पर्धा गर्दा पनि तानेर तल झार्ने हो कि माठी उठेर बराबरी हुने हो आफुमा भर पर्छ” उनले भनेकी छन ।

एक ताका केही पत्रकारको नजिक थिइन रे उनी । तर जब सम्बन्धले काममा असर गर्छ भन्ने लाग्यो उनले सम्बन्धमा दुरी कायम गरिन । कलाकार र पत्रकार बिच एक पर्खाल हुनुपर्ने उनको तर्क छ । देखिने पर्खाल जहाँ बसेर अनुगमन त गर्न सकियोस तर दुरी पनि कायम रहोस । यति हुन सके पत्रकारले कलाकारको राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो भन्न सक्छन ।
उनले आफुले आफुलाई कामले प्रमाणित गर्ने भन्दै यस्ता राजनिती र निकटताले फरक नपार्ने समेत बताईन ।